बाँके ।
बाँकेस्थित नेपालगञ्जको स्थिति नियन्त्रणबाहिर जान नदिन जिल्ला सुरक्षा समितिले नेपाली सेनाको सहयोग लिएको छ। कर्फ्यूका बीच पनि दुई समूहबीच झडप उत्पन्न भएपछि नेपाली सेनाको सहयोग मागिएको स्थानीय प्रशासनले जनाएको छ ।
शान्ति, सुरक्षाका लागि जिल्ला सुरक्षा समितिले आवश्यकता ठानेमा सेनाको सहयोग लिनसक्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थामा टेकेर बाँकेका प्रजिअले सहयोग मागेपछि अहिले सेनाले गस्ती थालेको बताइएको छ।