मोदी,पर्वत।
जिल्लाको मोदी गाउँपालिकाले नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा मोदी गाउँपालिका स्तरीय खुल्ला तिज गित प्रतियोगिताको आयोजना गरेको छ ।
महिला विकास निरिक्षक शोभा देवी शर्माले दिएको जानकारी अनुसार आगामी भदौ ८ गतेका लागि प्रतियोगिताको आयोजना गरिएको हो । उक्त प्रतियोगितामा वडामा रहेका आमा समूह, महिला समूह, महिला उद्यमी समूह लगायतले सहभागिता जनाउन सक्ने गरी गाउँपालिकाका ८ वटै वडा कार्यालयहरुमा पत्राचार गरिएको शर्माले बताउनु भयो ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने समूहले क्रमशः १५ हजार, १० हजार र ७ हजार तथा सान्त्वनाले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । एउटा समूहमा बढीमा दश जना हुनु पर्ने, गीतको विषयबस्तु महिला शसक्तिकरण गर्ने, संस्कृतिको रक्षा गर्ने, रचनात्मक र मौलिक हुनुपर्ने, मौलिक पोशाकमा मात्रै उपस्थित भएको हुनुपर्ने छ ।
सहभागी हुन चाहने समूहले भदौ ७ गते बेलुका ५ बजे भित्रमा नाम दर्ता गराउनु पर्ने छ । उक्त प्रतियोगिता मोदी गाउँपालिका वडा नं २ काे पातिचौरमा रहेको पालिकाको परिसरमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
