मन्त्रिपरिषद्को निर्णय: मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा

काठमाडौं।

सरकारले मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ वर्षदेखि जिउँदो शहीदका रूपमा चिनिएका कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो। कायस्थको गत बुधबार ३२ वर्षको उमेरमा निधन भएको थियो।

आन्दोलनका क्रममा वि.सं. २०६२ चैत २७ गते मुकेशको कञ्चटमा गोली लागेको थियो। सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेका लागि रु छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो।

blog

Leave a Reply

Your email address will not be published. Required fields are marked *