मोदीमा स्वास्थ्य कार्यक्रमहरूको बार्षिक समिक्षा सम्पन्न

मोदी, पर्वत ।

आर्थिक बर्ष ०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको मोदी गाउँपलिकास्तरीय बार्षिक समिक्षा कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

सामाजिक बिकास समितिका संयोजक सुक बहादुर गुरुङकाे अध्यक्षता मा भएको  कार्यक्रममा गाँउ पालिका अध्यक्ष हिरा देवी शर्मा,  प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतम, गाउँ शिक्षा अधिकृत झक प्रसाद गौतम, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य कार्यालय पर्वतका प्रतिनिधि, वान हार्ट वर्ल्ड वाइड नेपाल पर्वतका फिल्ड अफिसर र मोदी गाउँपालिकाका सम्पूर्ण स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा आर्थिक बर्ष ०७९/०८० को प्रगति समिक्षा, नविनतम कार्यहरु, कार्यक्रम कार्यान्वयनमा देखिएका समस्याहरुको पहिचान, समस्या समाधानका लागि चालिनुपर्ने कदमहरुका बारेमा विस्तृत छलफल गरिएको गाउँ पालिकाले जनाएको छ ।  उक्त कार्यक्रममा आगामी बर्षका लागि कार्यक्रम कार्यान्वयन कार्ययोजना निर्माण एबम कार्यान्वयन प्रतिवद्दता समेत व्यक्त गरिएको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *