पर्वत ।
आगामी आर्थिक बर्षका लागि बिहादी गाउँपालिकाले ४५ करोड ३२ लाख ८१ ह्जार तीन सय ३२ रुपैँयाको बजेट पारित गरेको छ ।
बजेटको चालुतर्फ ३३ करोड ८९ लाख १५ हजार चार सय २२ रुपैयाँ र पुँजीगततर्फ ११ करोड ४३ लाख ६५ हजार नौ सय १० रुपैयाँ रहेको छ ।
नीति तथा कार्यक्रम अध्यक्ष परविन गुरुङ र बजेट उपाध्यक्ष मिना शर्मा तिवारीले पेश गरेका थिए ।
भूमि बैंक सम्बन्धी विवादले गर्दा सो गाउँ पालिकाको बजेट समयमै आउन सकेको थिएन ।