शिक्षक संघ कुश्माको चौथो प्रतिनिधि भेला

पर्वत ।

नेपाल शिक्षक संघ कुश्मा नगरपालिकाको चौथो प्रतिनिधि भेला एवं सेवा निवृत्त नगर शिक्षक संघ गठन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ कुश्मा नगर कार्यसमितिको आयोजनामा कुश्मामा भएको भेलाले अध्यक्ष मिम शर्मा लामिछानेको संस्थाको साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्ष प्रमोद सुवेदीको आर्थिक प्रतिवेदन पारित गरेको छ । सोही भेलाका अवसरमा आयोजना गरिएको नगरपालिका स्तरीय निवृत्त शिक्षक संघ गठन कार्यक्रमबाट कृष्णप्रसाद रिजालको संयोजकत्वमा तदर्थ समिति निर्माण भएको छ ।

उक्त समितिको सदस्यहरुमा चन्द्रदत्त शर्मा, रमाकर शर्मा, रेश्मीराज शर्मा, ठाकुरप्रसाद पौडेल, पिताम्बर शर्मा अधिकारी, द्रोणराज पौडेल, कासीराम पौडेल, कृष्णप्रसाद शर्मा र रुद्रबहादुर रिमाल चयन भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश्मा नरपालिकाका प्रमुख रामचन्द्र जोशी, नेपाली काँग्रेस गण्डकी प्रदेश समिति सदस्य तथा कुश्मा नगरपालिकाकी पूर्व उपप्रमुख सिता काफ्ले लामिछाने नेपाली काँग्रेस जिल्ला कार्यसमितिका उपसभापति डा. चुडामणी शर्मा ,नेपाली काँग्रेस पर्वतका सचिव गुप्तनिधि शर्मा सहित कुलप्रसाद सुवेदी, बिनोद सुवेदी, मोती च्वाईँ, बसन्तबहादुर सि.के, यज्ञनाथ बास्तोला, रुद्रबहादुर रिमाल, पूर्णकुमार श्रेष्ठ, हरिनारायण रेग्मी, बालकृष्ण सुवेदी लगायतले पनि बोलेका थिए ।

कार्यक्रमकै अवसर पारेर नेपाल शिक्षक संघ कुश्मा नगरकार्यसमितिमा सक्रियतापूर्वक भूमिका निर्वाह गरेको मूल्याङ्कन गर्दै सात जना शिक्षकशहरुलाई सम्मान पनि गरिएको छ । खेमराज पोख्रेल, भोजकुमारी शर्मा, नारायण गिरी, प्रमोद सुवेदी, जयराम सुवेदी, महेन्द्र जोशी र शिव कुँवर सम्मानित भएका हुन् ।

नेपाल शिक्षक संघ कुश्मा नगर कार्यसमितिका अध्यक्ष मिम शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महेन्द्रकुमार जोशी र सहसचिव ईन्द्र अधिकारीले गरेका थिए भने उपाध्यक्ष जयराम सुवेदीले स्वागत मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *