३६ लाख ८३ हजार नाघ्यो सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या

काठमाडौँ ।

सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने जनशक्ति ३७ लाख हाराहारी पुगेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो तथ्याङ्क देखाएको हो ।

चालु आर्थिक वर्षको फागुनसम्म यस्तो जनसङ्ख्या ३६ लाख ८३ हजार ६५८ रहेको सर्वेक्षणमा उल्लेख छ ।

सामाजिक सुरक्षामा आबद्ध हुनेको संख्या र भत्तादरमा भएको वृद्धिले सरकारको व्ययभार बढ्दै गएको सर्वेक्षणमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *