अनेमसंघ जिल्ला कमिटीको प्रशिक्षण मोदीमा सम्पन्न

पर्वत ।

अखिल नेपाल महिला संघ जिल्ला कमिटी पर्वतको आयोजनामा मोदी गाँउपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘समृद नेपाल सुखी नेपाली हाम्रो अभियान समान सहभागिताको लागि सुदृढ संगठन’ भन्ने मूल नारासहित अनेमसंघले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरी प्रशिक्षण आयोजना गरेको हो ।

दुई दिनसम्म चलेको प्रशिक्षणमा अनेमसंघको इतिहास र योगदान, अनेमसंघले बनाएको चौधबुँदे कार्यक्रम, जनताको बहुदलीय जनवाद (जबज), नेपालको राजनीतिक आन्दोलनमा अनेमसंघको योगदान, समसामयिक अवस्था, भावी योजना, साङ्गठनिक ढाँचा, अनुशासन, एमाले र अनमेसंघको अन्तर्सम्बन्ध, सङ्गठनको महत्व तथा विकास लगायतका विभिन्न विषयवस्तुहरुमा सहजीकरण गरिएको थियो ।

एमाले केन्द्रीय सदस्य एवं अनेमसंघका केन्द्रीय सचिवालय सदस्य नरदेवी पुन,अनेमसघ गण्डकी प्रदेश अध्यक्ष हिरा गिरी , नेकपा एमाले जिल्ला अध्यक्ष राजु पौडेल उपाध्यक्ष पदमपाणी शर्मा ,सचिव गोविन्द पहाडी उपसचिव विमल लामिछाने र अनेमसंघको केन्द्रीय सदस्य कमला पन्त लगायतले सहजीकरण गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रमको समापनसत्रमा अध्यक्षता ग्रहण गर्दै अनेम सघ जिल्ला कमिटी पर्वतका अध्यक्ष हिरा देवी शर्माले नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले र अनेमसंघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले एमालेकै जोडबलका कारण देश र नेपाली जनताले संविधान पाएको बताउँदै संविधानको कार्यान्वयनसँगै सङ्घीयतामार्फत देशको दीगो विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले मोदी गाँउपालिका अध्यक्ष तेज बहादुर क्षेत्री ,सचिव हिमलाल पौडेल, उपसचिव समिर मल्ल ,अनमोल क्षेत्री लगायत कार्यक्रमा विशेष सहयोग गर्नुभएको प्रशिक्षण कार्यक्रमको सञ्चालन अनेमसघ मोदी गाँउपालिकाका सचिव लक्ष्मी विकले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *