आज देखि तीन दिन लगातार वर्षा हुने, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डौ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिन देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा ठूलो वर्षाको सम्भावना छ भने ती प्रदेशका एक–दुई स्थानमा धेरै ठूलो वर्षाको सम्भावना पनि छ।

मनसुन सक्रिय भएसँगै बाढीपहिरोको जोखिम हुने भएकाले सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *