कालिका भगवती दर्शन धावनउत्सवकाे उपाधि अन्नपूर्णका सरोज शर्मालाई

मोदी, पर्वत ।

विजया दशमीकाे अवसरमा देवपूरकोट कालिका तथा भंवरकोट धार्मिक क्षेत्र विकास समितिको आयोजनामा आज फूलपातीको दिन ८ किमी खुला म्याराथन(दौड) प्रतियोगिता सम्पन्न भएको छ ।

पातिचौर बजारकाे देउपुर चोकदेखि कालिका भगवती मन्दिर कोट मैदान सम्म करिब ८ कि.मि लामो खुल्ला .”कालिका भगवती दर्शन धावनउत्सव” ( लामो दौड प्रतियोगिता ) मा  निर्धारित दुरी ४१ मिनेट ३७ सेकेण्डमा पूरा गरी अन्नपूर्ण गाउँ पालिका वडा नं ८ कास्कीका सरोज शर्मा प्रथम, सो दूरी ४३ मिनेट १३ सेकेण्डमा पुरा गरी मोदी गाउँ पालिका ३ पूर्ण गाउँका धर्म पुनले द्वितीय स्थान प्राप्त गरेका छन् ।

May be an image of 2 people and road

त्यसै गरी ४४ मिनेट ३ सेकेण्डमा सो दूरी पार गरी मोदी ३ घुरुङसेराका प्रकाश बरुवाल तृतीय र ४८ मिनेट २४ सेकेण्डमा पार गरी मोदी ३ कै सुदिप खड्काले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

सो प्रतियोगितामा प्रथम हुने धाबक सरोज शर्माले १० हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् भने द्वितीय हुने धर्म पुनले ५ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् । सो प्रतियोगिताका विजेता सरोज शर्माले नै गत वर्ष उक्त उपाधि हासिल गरेका थिए । उनी लगातार दोस्रो पटक च्याम्पियन बनेका हुन् । त्यसैगरी तृतीय र सान्त्वना हुने खेलाडीले क्रमशः ३ हजार र एक हजार नगद र प्रमाणपत्र  प्राप्त गरेका छन्  ।

May be an image of 5 people

 

कार्यक्रमका प्रमुख अतिथि मोदी गाउँ पालिका अध्यक्ष हिरा देवी शर्माले विजयी खेलाडीहरुलाई नगद पुरस्कार वितरण गर्नु भएको थियो । सो अवसरमा खेलाडीहरुलाई  नगदको साथमा फूलमाला ,खादा ,अविर र प्रमाणपत्र सहित पञ्चेबाजाद्वारा सम्मान गरिएको थियो ।

सो प्रतियोगिताकाे सम्पूर्ण  पुरस्कार  देवपूरकोटथर घर भई  हाल अमेरिकामा कार्यरत समाजसेवी गोविन्द खड्काले प्रायोजन गर्नु भएको आयोजकले जानकारी दिएको छ ।

May be an image of 7 people and wedding

May be an image of 10 people, dais and text

May be an image of 8 people, temple and text

May be an image of 8 people and text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *