गण्डकी प्रदेशका तीन जिल्लामा ट्राफिक जरिवाना बैंकबाट भुक्तानी,पूर्जी  लिएर राष्ट्रिय वाणिज्य बैंकको शाखामा  जानुपर्ने

गण्डकी प्रदेशका तीन जिल्लामा ट्राफिक नियम उङ्लघन गरेबापत तिर्नुपर्ने जरिवाना बैंकिङ प्रणालीमार्फत लिन सुरु गरिएको छ।कास्की, तनहुँ र नवलपुर जिल्लामा बैंकबाट भुक्तानी सुरु गरिएको हो।सवारी नियम उलंघन कसुरको जरिवाना बैंकबाट भुक्तानी गर्नुपर्ने व्यवस्था भए अनुसार तीन जिल्लामा सुरु गरिएको   हाे ।

प्रहरी प्रधान कार्यालयले सवारी नियम उल्लङ्घन कसुरमा भराउने सबै प्रकारका जरिवानाबापतको राजश्वलाई बैंकिङ प्रणालीमा राख्ने व्यवस्था गर्न निर्देशन दिएकाे थियाे ।

जरिवाना बुझाउनुपर्ने सवारी साधनका चालकले राष्ट्रिय वाणिज्य बैंकको शाखामा जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको  छ।जरिवाना तिर्नका लागि ट्राफिक प्रहरी कारबाहीका परेका सवारी साधनका चालकले प्राप्त भएको ट्राफिक जरिवाना सम्बन्धी पूर्जी  लिएर राष्ट्रिय वाणिज्य बैंकको शाखामा  जानुपर्नेछ।

मादक पदार्थ सेवन (मापासे) सम्बन्धी कारबाहीमा परेका कागजपत्र लिनु अघि ट्राफिक नियम सम्बन्धि सचेतना कक्षा अनिवार्य रुपमा लिनुपर्ने व्यवस्थासमेत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *