नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्व गृहमन्त्री खाँड पक्राऊ

काठमाण्डौ ।

नक्कली भुटानी शरणार्थीसँग जोडिएको प्रहरी अनुसन्धानको सिलसिलामा भूतपूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता सीताराम रिजालले खाण उनको निवासबाट बुधवार बिहान पक्राउ परेको पुष्टि गरेका हुन्।

खाण गृहमन्त्री रहेको समयमा गृहसचिव रहेका टेकनारायण पाण्डे यसअघि नै पक्राउ परिसकेका छन्।

उक्त मुद्दामा प्रहरीले खोजी कार्य जारी राखेका नेकपा एमालेका सचिव तथा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी भने अझै फरार रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *