पर्वत ।
पूर्व स्वास्थ्य मन्त्री एबम् प्रतिनिधि सभा सदस्य पदम गिरी द्वारा बुधबार मोदी गाउँ पालिका वडा नं १ भुक मा निर्माण गरिने वडा कार्यालय भवनको शिलन्यास गरेका छन् । जनतासग सांसद भेटघाट कार्यक्रम लिएर मोदीमा पुगेका सांसद गिरीले एक विशेष कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् ।
यसैबीच सांसद गिरीले निर्वाचन क्षेत्रका जनतासंगै एक साता घरदैलो अभियान सञ्चालन गर्ने भएका छन् । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद एमालेका प्रमुख सचेतक समेत हुन् । पर्वत जिल्लाका विभिन्न गाउँ वस्तीहरुमा घरदैलो अभियान सहित जनगुनासो सुन्ने कार्यक्रम लिएर सांसद गिरी बुधवार देखि गाउँ अभियानमा निस्किएका छन ।
एमाले जिल्ला उपसचिव बिमल लामिछानेले दिएको जानकारी अनुसार गिरीले मोदी गाउँपालिकाका विभिन्न वस्तीहरुमा घरदैलो सकेपछि फलेवासका विभिन्न वडाहरुमा जनगुनासो सुन्ने कार्यक्रम लिएर जान लागेको हुन ।
आर्थिक मन्दीका कारण विदेश पलायन बढिरहेको बेलामा विकास आयोजनाहरु ठप्प प्रायः बनेका छन् । गिरीले जनतासंग दोहोरो सम्बाद नगर्दा देशको वर्तमान अवस्थाको बारेमा जनतालाई थाहा नहुने भन्दै गाउँ वस्तीमै पुगेर जनतासंग भेटने जनगुनासो सुन्ने र सल्लाह सुझाव लिने पनि बताए। ।
