पर्वतको कुश्मामा खुल्यो बिहानी बजार

पर्वत ।

पर्वतको कुश्माबजार स्थित दुर्लुङचोकमा बिहानि बजार डिपार्टमेण्टल स्टोर्स सन्चालन गरिएको छ । पर्वतका ३ जना र कास्किका २ जना युवा मिलेर झन्डै १ करोड लगानीमा बजार संचालन गर्नुभएको हो । उक्त बजारको आज कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले रिवन काटेर शुभारम्भ गर्नुभयो ।

प्रमुख अतिथिको रुपमा मन्तब्य ब्यक्त गर्दै जोशीले जति बजारमा प्रतिस्पर्धा हुन सक्यो त्यति नै बजार चलायमान बन्ने र जिल्लाको बिकास हुने बताउनुभयो ।

नगर प्रमुख जोशीले कुश्मा बजार पर्यटकिय क्षेत्रमा बिकसित भैरहेको बेला यस्ता पसल संगसंगै पाँचतारे होटल समेतको आवश्यकता परेकोले त्यता तर्फ पनि लगानी गर्न लगानीकर्ता लाई सुझाव दिनुभएको थियो । जोशीले ब्यबसायमा बिबिधिकरणको आवश्यकता समेत औल्याउनुभयो ।

कार्यक्रममा अन्तरास्ट्रिय पर्वत समाजका संरक्षक सुभास जोशी, कुश्मा ७ का वडाध्यक्ष सुवासचन्द्र पौडेल, कुश्मा ४ का वडाध्यक्ष मिना कर्माचार्य, बिहानी बजारका सन्चालक गोबिन्द श्रेष्ठ लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो ।

बिहानी बजार डिपार्टमेन्टल स्टोर स्थापनाका लागि कास्किका डा. ढाकाकुमार श्रेष्ठ, प्रोफेसर हरि कार्की, पर्वतका अर्जुनकुमार श्रेष्ठ, गोबिन्दप्रसाद श्रेष्ठ र तिलक अधिकारीको लगानी रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *