मोदी गाउँपालिकाका उपाध्यक्ष लामिछानेलाई पितृ शोक

पर्वत ।

नेकपा एमाले पर्वतका उपाध्यक्ष एवं मोदी गाउँपालिका उपाध्यक्ष युवा नेता विमल लामिछानेलाई पितृशोक परेको छ । मोदी गाँउपालिका ६ तिलाहार निवासी कृष्ण वहादुर लामिछानेको शनिवार विहान निधन भएको हो ।

लामो समय देखी मृगौला रोगबाट ग्रसीत लामिछानेको ६४ बर्षको उमेरमा निधन भएको हो। अस्पलालको बसाइ पछी घरमा आराम गरिरहनुभएका लामिछानेको आकास्मिक निधनले मोदी गाँउपालिका नै स्तब्ध भएको छ ।

स्वर्गीय लामिछानेको शनिवार नै मोदी खोलास्थित घाटमा अन्तिम दाह  संस्कार गरिएको हो । उहाको अन्तिम दाह  संस्कारमा नेकपा एमालेका नेता लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *