काठमाण्डौ ।
संघीय निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुका मुद्दाहरु सम्बोधन नगरे शुक्रबारदेखि सेवा रोक्ने चेतावनी दिएका छन् ।
मंगलबार उनीहरुले संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटेर मागपत्र पेश गर्दै यस्तो चेतावनी दिएका हुन् ।
७५३ स्थानीय तहकै कर्मचारीहरु काठमाडौं आइपुगेका उनीहरुले बुधबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।
१५ असोजदेखि स्थानीय तहका कर्मचारी केन्द्रीय संघर्ष समितिले काठमाडौं केन्द्रित आन्दोलन थालेका हो ।