सिमलतालमा पहिरोले दुई ओटा बस बगायो, बसमा चालकसहित ६५ यात्रु रहेकाे अनुमान

पर्वत ।

बिहीबार रातीको भीषण वर्षा सँगै आएको पहिरोले  नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता बनाएको छ । ती बसमा चालकसहित ६५ यात्रु रहेका बताइएको छ ।

आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी  इन्द्रदेव यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *