मोदी, पर्वत।
जिल्लाको मोदी गाउँ पालिका वडा नं २, देउपुरमा रहेको जन नेत्र माविमा आईतबार राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सवको अवसर पारेर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय बाणिज्य बैंक पातिचौरका शाखा प्रबन्धक लोक प्रकाश पौडेल र सहायक शाखा प्रबन्धक सन्दीप बरालले सहजीकरण गर्नु भएको कार्यक्रममा माध्यमिक तहका ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको तर्फबाट विद्यालयलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको थियो ।