आज २१० औं भानु जयन्ती

काठमाडौं ।

आज नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन विविध कार्यक्रम गरी मनाइँँदै छ।

आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए।

भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए। रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्।

भानुजयन्तीको अवसरमा गण्डकी प्रदेशले शुक्रबार सार्वजनिक विदा दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *