तिलाहार थामार्जुङ्काे जंगलमा आगलागी

मोदी, पर्वत ।

मोदी गाउँ पालिकाको वडा न ६ तिलाहार को थामार्जुङ नजिकको जंगलमा शुक्रबार दिउँसो देखि आगलागी भएको छ ।

उक्त आगलागीबाट रतिखोला पट्टीको जंगल जलिरहेको छ । स्थानीय बासिन्दा र डिमुवामा रहेको देउपुर प्रहरी चौकी बाट खटिएका प्रहरीले आगो निभाउने प्रयास गरी रहे पनि आगो नियन्त्रणमा आउन नसकेको वडाध्यक्ष दिपेन्द्र जङ्ग लामिछानेले बताउनु भयो ।

जङ्गलका छेउमा रहेका बासिन्दाहरुलाई सजग रहन र सुरक्षाका उपायहरु अपनाउन अनुरोध गरिएको वडाध्यक्ष लामिछानेले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *