माटो परिक्षण शिविरमा अम्लीय पदार्थ बढी,

मोदी गाँउपालिकाको स्थानिय स्तरमा कृषि शिविर भएको छ । शिविरमा माटो परिक्षण गरिएको हो । कृषि ज्ञान केन्द«को आयोजनामा सञ्चालन भएको शिविरको सहजिकरण मोदी गाँउपालिकाले गरेको हो । माटो परिक्षणको नमुना मोदी गाँउपालिका भित्रका वडाहरुबाट लिईएको थियो । कृषकहरुको माटो परिक्षण गर्दा अम्लीय पदार्थ माटोमा धेरै भएको पाईएको छ । ८२ जना कृषकहरुको माटो परिक्षण गर्दा अम्लीय पदार्थ ७२%, क्षारीय ०.२% र बाँकी तथस्ट गरी तीन प्रकारको जाँच भएको मोदी गाँउपालिकाका कृषि अधिकृत मनिषा महतले बताउनुभयो । महतले माटो जस्तो संवेदनशिल चिज दुई देखी तीन बर्ष भित्रमा जाच गरीरहनुपर्ने बताउदै माटोलाई उर्वर बनाउन कृषकहरु लाग्नु पर्ने सुझव दिनुभयो ।माटोलाई उर्वर बनाउन कृषि चुनको प्रयोग गर्नुृपर्ने र यसका लागि मोदी गाँउपालिकाले कृषकहरुलाई सक्दो सहयोग गर्ने गाँउपालिकाका प्रशासकीय अधिकृत कमल गौतमले बताउनुभयो । यसै बिचमा खाद्य तत्वको अवस्था पनि हेरीएको छ । खाद्य तत्वमा पोटास ,नाईट्रोजन ७०%र फसफोरस ७५% भेटीएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *